प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वासको प्रस्तावबाट हटाएर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् ।
आइतबार झापामा चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै ओलीले संसद पुनःस्थापना गरेकाे जसरी नै आफूलाई पनि हटाएर देखाउन चुनाैती दिएका हुन् ।
पहिले पनि अविश्वास राखेर हटाएको हो, फेरि हटाउन सक्नुभएछ भने जनताबाट दुई तिहाई लिएर आइदिन्छु. उनले भने ।देशको विकास रोक्न आफूलाई हटाउन खोजेको ओलीको दाबी छ ।
संसद पुनर्स्थापना भएपछि पुष्पकमल दाहाल र माधवकुमार नेपाल ओलीलाई हटाउन सकिदैन भनेर हारगुहार गर्दै कहिले कांग्रेस सभापति शेरबहादुर देउवाकाे निवास त कहिले मधेशवादी दलका नेताहरूकाे घरदैलाे चाहर्दै हिडेकाे बताए ।देउवाले उनीहरूलाइ विश्वास नगरेको र जनता समाजवादी पार्टीका नेताहरुले तपाईंहरुको कुन पार्टी हो भनेर प्रश्न गरेपछि ओलीले सुनाए ।
प्रचण्ड-माधव समूह जसरी भए पनि ओलीलाई हटाएरै छाड्ने भनेर लागेका छन् । बरू आफूहरू प्रधानमन्त्री नबनेर अरूलाइ प्रधानमन्त्री बनाएर भएपनि ओलीलाई पत्तासाफ गर्ने प्रचण्डले बताउँदै आएका छन् ।