नेपाली कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार हुन थालेको छ। गत शुक्रवार बिहान मष्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना भएका नेता जाेशीकाे स्वास्थ्य अवस्थामा सुधार देखिएको उपचारमा संलग्न न्यूरो सर्जन डाक्टर राजीव झाले जानकारी दिए।
अन्य दिनकाे तुलनामा नेता जोशीले हातखुट्टा चलाउन थालेकाे हुँदा बिहानदेखि बेहोस पार्ने औषधि दिन छाडिएको छ। उनले आँखा भने अझै खोलेका छैनन्। भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ।
उनको टाउकोमा जमेको रगत र पानी समेत हटाइएकाे छ । अवस्था अझै खतरामुक्त भने भइनसकेकाे उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।