नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ओली समूहले संसदीय दलको प्रमुख सचेतक परिवर्तनको निर्णयबारे संसद सचिवालयलाई जानकारी गराएको छ ।
आइतबार संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद सचिवालयलाई पत्र लेखी प्रमुख सचेतक परिवर्तन भएको जानकारी गराएका हुन् ।संसद सचिवालयका महासचिव भरतराज गौतमले उक्त पत्र बुझेकाे एक नेताले बताए ।
गत शुक्रबार ओली समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेका थिए ।