तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीकाे स्मरणमा विभिन्न स्थानमा श्रद्धाञ्जलि कार्यक्रम गरिएकाे छ । स्व अधिकारीको जन्मस्थल पोखरा (कास्की) लगायत देशका विभिन्न स्थानमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरिएको छ ।
विसं २०७५ फागुन १५ गते आजकै दिन ताप्लेजुङ्को फुङ्लिङस्थित सिस्नेभिरमा घटेको दुःखद् हेलिकप्टर दुर्घटनामा परी तत्कालीन पर्यटनमन्त्री स्व अधिकारीसहित सरकारी उच्च अधिकारी तथा पर्यटन क्षेत्रका विशिष्ठ व्यक्तिको निधन भएको थियो ।
एयर डाइनेष्टीको नाइन एन एएमआई एएस ३५० बि थ्रीइ कलसाइनको हेलिकप्टर तेह्रथुमको चुहानडाँडामा औपचारिक कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्कने क्रममा ताप्लेजुङको फुङलिङ नपाको तारेडुङ्गा सिस्नेभिर क्षेत्रमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मन्त्री अधिकारीसहित क्यानका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुवदास भोछभया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, मन्त्री अधिकारीका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरे र हेलिकप्टर चालक प्रभाकर केसीको निधन भएको थियो ।