नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था स्थिर रहेको छ । जोशीको उपचारमा संलग्न नर्भिक अस्पतालका न्युरोसर्जन डा. राजीव झाका अनुसार शुक्रबार(हिजाे)को तुलनामा उनको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिए पनि खतरामुक्त भने छैन ।
बिहीबार राति शरीरको देब्रे भागमा समस्या देखिएपछि उनलाई वीर अस्पताल पुर्याइएको थियो । वीरमा उपचार सम्भव नदेखेपछि जोशीलाई शुक्रबार बिहान नर्भिक अस्पताल लगिएको हो । नर्भिक अस्पताल न्युरो विशेषज्ञ डा. राजीव झाको टोलीले उनको उपचार गरिरहेको छ ।
‘शल्यक्रिया भएको छ, तर उहाँको अवस्था एकदमै नाजुक छ । अहिलेसम्म उहाँ कोमामै हुनुहुन्छ,’ डा झाले भने, ‘उहाँको स्वास्थ्य अवस्थाबारे अहिले केही भन्न सक्ने अवस्था छैन ।’