गृह मन्त्रालयले ५२ जना प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापन गरेको छ।
गृहका अनुसार बाग्लुङका प्रजिअ सुरेश न्यौपानै सिन्धुली, गोरखाका तीर्थराज भट्टराई महोत्तरी, सिन्धुपाल्चोकका उमेशकुमार ढकाल सुनसरी, सुनसरीका फणिन्द्रमणि पोखरेल सप्तरी, कास्कीका ज्ञानप्रसाद ढकाल धादिङ, इलामका तुलसीराम सेढाईं उदयपुर, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको पाल्पा,सल्यानका हेमराज तामाङलाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं सरुवा गरिएको छ।
सप्तरीका शंकरहरि आचार्य गृह मन्त्रालय, ओखलढुंगाका कृष्ण पौडेल गृह मन्त्रालय, मोरङका ध्रुब बहादुर खड्का इलाम, बर्दियाका लीलाधर अधिकारी चितवन, दाङका प्रजिअ जयनारायण आचार्य गृह मन्त्रालय, महोत्तरीका केशव प्रसाद बिमली गृह मन्त्रालय सरुवा भएका छन्।
कैलालीका प्रजिअ यज्ञराज बोहरा गृह मन्त्रालय, उदयपुरका चक्रपाणी पाण्डे कपिलवस्तु, दैलेखका सन्तबहादुर सुनार बर्दिया, चितवनका नारायण प्रसाद भट्टराई सर्लाही, सर्लाहीका सुरेन्द्र पौडेल बारा, बाराका दिपकराज नेपाल स्याङ्जा, कपिलवस्तुका दीर्घनारायण पौडेल दाङ सरुवा भएका छन्।
अछामका प्रजिअ गोकर्णप्रसाद उपाध्याय धादिङ, काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई सल्यान, बझाङका कमलराज भण्डारी गोरखा, दार्चुलाका शरदकुमार पोखरेल मोरङ, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिबहादुर प्याकुरेल दैलेखमा सरुवा भएका छन्।
म्याग्दीका प्रजिअ उमाकान्त अधिकारी काठमाडौं, रसुवाका हरिप्रसाद पन्त सल्यान, सल्यानका ईश्वरीप्रसाद ढकाल रसुवा, ताप्लेजुङका झरेन्द्रप्रसाद चापागाई झापा, झापाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे ताप्लेजुङ, हुम्लाका चिरन्जिवी गिरी कारागार कार्यालय नख्खु ललितपुर सरुवा भएका छन्।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाल नुवाकोट, नुवाकोटका झंकनाथ ढकाल अध्यागमन विभाग, धादिङका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल अछाम, गोरखाका सहायक प्रजिअ देवी पाण्डे पर्वत, पर्वतका प्रजिअ शम्भु प्रसाद रेग्मी गृह मन्त्रालय सरुवा भएका छन्।