नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राजधानीको नर्भिक अस्पताल भर्ना गरिएका कन्द्रीय सदस्य नबिन्द्रराज जोशीलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन्।
अचानक मस्तिष्कघात भएपछि नेता जोशीलाई शुक्रबार बिहान नर्भिक अस्पताल भर्ना गरिएको थियो। अस्पताल पुगेर उपसभापति निधिले जोशीको उपचारमा संलग्न डा. राजीव झासँग भेटेर स्वास्थ्य अबस्थाबारे जानकारी लिएका थिए।
उपचारमा संलग्न डा. झाले जोशीको अबस्था गम्भीर रहेको जानकारी गराएका छन्। जोशीको भेण्टिलेटरमा राखेर उपचार भइरहेको छ।