नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था निकै जटिल रहेको चिकित्सकले बताएका छन् ।जोशीलाई अहिले नर्भिक अस्पताल भर्ना गरिएकाे छ ।
मस्तिष्कघात भएपछि उनलाइ वीर अस्पतालबाट नर्भिक अस्पताल लगिएको हाे ।सिटी स्क्यान गर्दा दिमागको बीचमा पानी जम्मा हुने ठाउँमा रगत पुगेर ब्लक गरेको पाइएको उपचारमा संलग्न नर्भिकका न्यूरो सर्जन डा. राजीव झाले बताए ।
जाेशी सुगर, प्रेसरलगायतका रोगबाट समेत पीडित छन् । उनको एउटा आँखाको नानी समेत फुलेको छ । उनलाई भेन्टिलेटरमा राखिएकाे छ ।