सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाकाे निर्णय गरिदिएपछि चिनियाँ र भारतीय राजूतको सक्रियता बढको छ । भारतीय राजदूत विनयमोहन क्वात्रा र चिनियाँ राजदूत होउ यान्छीले नेकपाका दुबै समूहका नेता र नेपाली कांग्रेसका नेताहरुसँग भेट मात्र गरेनन् कि सत्ता समीकरणबारेमा समेत चासो राखेका छन् ।
सुरू देखिनै नेकपालाई एक गर्न लागि परेकी चिनियाँ राजदूत यान्छीकाे प्रयास अहिले पनि जारी रहेकाे छ। संसद पुनःस्थापनापछि दाहाल-नेपाल समूहले अाेली पक्षलाई नगन्न थालेपछि राजदूत यान्छीले विगतलाई बिर्सेर अगाडि बढ्न नेताहरूलाई अाग्रह गर्ने गरेकाे स्राेतले बताएकाे छ ।दाहाल-नेपाल समूहका नेताहरुसँग पनि उनले पटक पटक छलफल गरेकी छन् ।
भारतीय राजदूत क्वात्राले पनि राजनीतिक दलका प्रभावशाली नेताहरूसँग भेटघाट गरिरहेका छन् । उनले काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि र अन्य नेताहरूसँग भेट गरेका छन्।क्वात्राले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र अन्य नेतासँग पनि भेट वार्ता गरेका थिए ।