नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेकपा ओली समूह र कांग्रेस गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् ।
प्रगतिशील पत्रकार संघ रुपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवै एमसीसी पारित गर्ने पक्षमा रहेकाले नयाँ सत्ता समीकरण पनि उनीहरूबीच नै हुने दाबी गरे ।
अब देशमा विदेशी शक्तिको चलखेल बढ्ने भन्दै एमसीसी पारित हुन दिन नहुने उनले बताए ।संसद विघटनले नेपालमा भारत–अमेरिका पक्ष बलियो देखिएकाे र चीन पक्ष कमजोर भएको महामन्त्री सिंहकाे विष्लेषण छ ।