नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली अपमान महसुस नहुने गरी प्रधानमन्त्रीबाट विदा गरेमात्र नेकपा एकताबद्ध भइराख्न मद्दत पुग्ने बताएका छन् ।बुधबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर गौतमले कसैलाई पनि अपमान नहुने गरी सहमतिकाे वातावरण सिर्जना गर्न आग्रह गरेका हुन् ।
सर्वाेच्चकाे आदेशपछि प्रचण्ड-माधव समूह ओलीलाई बाइपास गरेर नयाँ सत्ता समीकरणको तयारी दाैडिरहेका बेला एकताकाे पक्षमा लागेका गाैतमले साे आग्रह गरेका हुन् ।
नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न पर्ने गाैतमकाे जाेड छ ।वामदेव गाैतमकाे प्रस्तावमा प्रचण्ड पनि सकारात्मक भएकाे स्राेतले बताएकाे छ । करिब एक घण्टा भएकाे कुराकानीमा प्रचण्डले नेता गाैतमलाई एकताको पहल जारी राख्न पनि आग्रह गरेका थिए ।नेकपा दुई समूहमा बिभाजित भएको बेला गौतम तटस्थ बसेर पार्टी एकताको पहल गर्दै आएका छन् ।