सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै फैसलाकाे स्वागतमा काठमाडाैं लगायतका देशका विभिन्न शहरहरूमा मंगलबार राति दिप प्रज्वलन र र्याली निकालिएका छन् ।
सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा नेकपा दाहाल-नेपाल समूह निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ, विवेकशील पार्टीले शान्तिवाटिका र माइतीघर मण्डलामा दिप प्रज्ज्वलन गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरुको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको नेतृत्वकाे संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरेको हो।
यता,फैसलाएसँगै सुरक्षा निकायले कडा सुरक्षा व्यवस्था गरेको छ। फैसलाको विरुद्धमा विरोध र पक्षमा खुसीयाली मनाउने समूहबिच झडप हुनसक्ने आशंकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ।