नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सर्वोच्च अदालतको मंगलबारको फैसलापछि अदालतले निष्पक्ष, स्वतन्त्र र प्रभावकारी रूपमा निर्णय गर्न सक्छ भन्ने प्रमाणित भएको बताएका छन्।
सर्वोच्चको फैसलापछि नेता सिटौलाले संविधान र लोकतन्त्रका पक्षमा फैसला गरेकोमा प्रधानन्यायाधीश लगायत संवैधानिक इजलासमा बस्ने सबैलाई बधाई समेत दिएका छन्।
यो फैसलाबाट निरङ्कुशतावादी र अधिनायकवादीहरू पराजित भएको बताए। लोकतन्त्रमा अधिनायकबाद लामो समय टिक्न सक्दैन भन्ने यसबाट प्रष्ट भएको उनले उल्लेख गरे।