नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले अदालतको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरुको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासले प्रतिनिधिसभाको पुनर्स्थापनको फैसला सुनाएपछि प्रवक्ता शर्माले यस्तो बताएका हुन्। उनले यो फैसलालाई ऐतिहासिक भएको बताए।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि पुनस्र्थापनाको माग राख्दै अदालतमा मुद्धा दायर गरिएको थियो।