नेपाली कांग्रेसका युवानेता गगन थापाले सर्वोच्चको फैसलाले संविधान सहि बाटोमा फर्किएको बताएका छन्। प्रतिनिधि सभा पुनस्र्थापना गर्ने सर्वोच्चको फैसला लगत्तै थापाले यस्तो बताएका हुन्।
संविधानको रक्षा गर्ने राष्ट्रपति समेत संविधानलाई धुजाधुजा बनाउने खेलमा लागेका बेला अदालतले स्वतन्त्र रूपमा न्यायपूर्ण निर्णय गरेको उल्लेख गरे। अदालतको यो निर्णयसँगै अब कुनै पनि कार्यकारी प्रमुखले शक्तिको दुरुपयोग गरेर संविधानको उल्लंघन गर्न नसक्ने थापाले बताए।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको मंगलबारको इजलासले संसद पुनस्र्थापना गर्ने आदेश गरेको छ। सर्वोच्चले १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएको छ।