नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन्।
सर्वोच्चको फैसलापछि सभापति देउवाले मंगलबार प्रेस विज्ञिप्त जारी गर्दै भनेका छन्, ‘नेपाली कांग्रेस विघटित प्रतिनिधि सभा पुनस्र्थापना हुने गरी सम्मानीत सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गर्दछ।’
उनले प्रतिनिधि सभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्कालै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको पनि बिज्ञप्तिमा स्मरण गराएका छन्।