नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिए उनको दुर्गती हुने चेतावनी दिएका छन्।
प्रतिनिधिसभा विघटन बदर गर्दै संसद पुनस्र्थापना गर्न सर्वोच्च अदालतले आदेश दिएपछि अध्यक्ष दाहालले यस्तो चेतावनी दिएका हुन्। चितवनमा रहेका अध्यक्ष दाहाल र अर्का अध्यक्ष माधवकुमार नेपालले सर्बोच्चको फैसलाको स्वागत गर्दै खुसी मनाएका छन्।
अध्यक्ष दाहालले नैतिकता छ भने प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने बताए।