नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिनिधि सभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन्।
पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेपछि त्यसका बिरुद्ध परेको मुद्धाको सुनुवाई गर्दै सर्बोच्च अदालतले मंगलबार संसद् पुनस्र्थापनाको फैसला गरेको हो।
स्पेसखबरसँग कुरा गर्दै कांग्रेस उपसभापति निधिले अदालतको निर्णय स्वीकारेर अघि बढ्ने बताए। उनले संसद बिघटनसम्बन्धी सरकारको निर्णयको व्याख्या गर्ने अघिकार सर्बोच्च अदालतको भएको उल्लेख गरे।