Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Tuesday, March 02, 2021 | मंगलबार, फागुन १८, २०७७
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति कार्यान्वयनमा
स्पेसखबर
स्पेसखबर काठमाडौं, ११ फागुन
निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति  कार्यान्वयनमा
 
निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति, २०७७ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ।
 
निर्वाचनका सबै प्रक्रिया र चरणमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी एकीकृत एवम् उपयुक्त नीतिगत व्यवस्था कायम गर्ने उद्देश्यले आयोगले नयाँ नीति कार्यान्वयनमा ल्याएको हो । निर्वाचन व्यवस्थापनमा सूचना प्रवाहको विधि र प्रक्रियालाई सामाजिक सञ्जालको विशेषताअनुरूप हुने गरी रूपान्तरण गर्ने, सूचना प्रविधिको उपयोगमा सामाजिक सञ्जालले सिर्जना गरेका अवसर र सम्भावनाको उपयोग गर्दै निर्वाचनमा आउन सक्ने चुनौतीको व्यवस्थापन गर्न योगदान पुग्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
 
समाजका सबै वर्ग, लिङ्ग, समुदाय र उमेर समूहका मानिसमा सामाजिक सञ्जालप्रतिको आकर्षण बढ्दै गएको परिप्रेक्षमा एकातर्फ सामाजिक सञ्जालको उपयोग गरी निर्वाचन तथा मतदाता शिक्षा सामग्री, निर्वाचन आयोगका गतिविधि, निर्वाचनका सबै चरण र प्रक्रियाका निर्वाचनसम्बन्धी सूचनाहरु छिटोछरितो, मितव्ययी एवम् प्रभावकारी तवरबाट सम्प्रेषण गर्न सकिने अवसर सिर्जना भएको आयोगको दाबी छ ।
 
सूचना प्रविधि एवम् सामाजिक सञ्जालको क्षेत्रमा कार्यरत निर्वाचनका सरोकारवालासँग समन्वय र सहकार्य गर्दै आगामी दिनमा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी बनाउन नीति सहयोगी हुने आयोगले अपेक्षा गरेको छ । नीति कार्यान्वयनमा आएसँगै आयोगका सबै गतिविधि र क्रियाकलापहरू सामाजिक सञ्जालका माध्यमबाट लक्षित वर्ग तथा अन्य सरोकारवालालाई सहज र छिटोछरितोरूपमा प्रवाह गरी पारदर्शी बनाउने, सामाजिक सञ्जालका माध्यमबाट निर्वाचन तथा मतदाता शिक्षामा सरोकारवालाको पहुँचलाई सहज र मितव्ययी बनाई समन्वय र सहकार्य वृद्धि गर्दै दोहोरो सञ्चार स्थापित गर्ने, युवा, महिला, समावेशी समूह, अपाङ्गता भएका व्यक्ति लक्षित निर्वाचन तथा मतदाता शिक्षा सामग्रीको उपलब्धता हुनेछ ।
 
प्रचारप्रसार एवम् पहुँच वृद्धि गर्ने, सामाजिक सञ्जालमा सम्प्रेषित मिथ्या सूचना, दुष्प्रचार, सूचना तोडमोड र द्वेषपूर्ण अभिव्यक्तिको नियमन, तत्काल व्यवस्थापन तथा सूचनाका स्रोतको आधिकारिकता यकिन गर्न योगदान पुुग्ने विश्वास गरिएको छ । सक्षम जनशक्ति र संस्थागत प्रणालीको विकास गर्ने, निर्वाचनका सबै चरणमा राजनीतिक दल, सञ्चारमाध्यम तथा निर्वाचनका सरोकारवालाले सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने निर्वाचनसम्बन्धी सूचना, जानकारी तथा विषयहरूको अनुगमन गर्ने जस्ता कार्यमा नीति कार्यान्वयनबाट सहज हुुनेछ ।
 
सामाजिक सञ्जालका मञ्चको प्रयोग गरी मिथ्या सूचना, दुष्प्रचार, सूचना तोडमोड एवम् द्वेषपूर्ण अभिव्यक्ति जस्ता क्रियाकलापमार्फत निर्वाचनलाई नकारात्मकरुपमा प्रभाव पार्ने एवम् निर्वाचनको समयमा सामाजिक सञ्जालको माध्यमबाट बाह्य हस्तक्षेप हुन सक्ने जोखिमको विगतमा महसुस गरी नीति कार्यान्वयनमा ल्याइएको हो । समाजिक सञ्जालबाट सिर्जित उल्लिखित अवसरको सदुपयोग गर्ने एवम् सामाजिक सञ्जालको प्रयोगबाट उत्पन्न हुनसक्ने जोखिम न्यूनीकरण गर्ने प्रयासस्वरुप नीति तर्जुमा गरिएको जानकारी दिइएको छ । उक्त नीति तर्जुमा गर्दा संवैधानिक एवम् कानूनी व्यवस्था, पन्ध्रौँ पञ्चवर्षीय योजना, आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना एवम् विगतका अभ्यासबाट प्राप्त सिकाइ तथा उपलब्धिलाई आधार मानिएको आयोगले स्पष्ट गरेको छ ।
 
नीतिको दूरदृष्टि ‘व्यवस्थित, मर्यादित एवम् विश्वसनीय सामाजिक सञ्जाल’ छ भने ‘निर्वाचनको स्वच्छताका लागि सामाजिक सञ्जालको व्यवस्थित उपयोग गर्ने” ध्येय रहेको छ । ‘स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सामाजिक सञ्जालको उपयोगलाई सुरक्षित, व्यवस्थित, विश्वसनीय, मर्यादित र पहुँचयोग्य बनाउने’ लक्ष्य रहेको उक्त नीतिको उद्देश्य निर्वाचनसम्बन्धी सूचना भरपर्दो, मितव्ययी, गुणस्तरीय र पहुँचयोग्य बनाई सामाजिक सञ्जालको उपयोग र नियमनलाई प्रभावकारी बनाउने हो ।
 
आयोगका सूचना, गतिविधि तथा निर्वाचन शिक्षा सामग्री सामाजिक सञ्जालमार्पmत आमनागरिकसमक्ष पु¥याई सहज पहुँच र निर्वाचनको विश्वसनीयता अभिवृद्धिका लागि सामाजिक सञ्जालको उपयोगमा बहुपक्षीय समन्वय र सहकार्यका लागि सहयोग पुुग्नेछ । नीतिमा ६ वटा रणनीति र रणनीतिअन्तर्गत ३० वटा कार्यनीति तय गरिएको छ । नीति कार्यान्वयनका लागि निर्देशक समिति र कार्यान्वयन समिति जस्ता संस्थागत व्यवस्था गरी समितिका काम, कर्तव्य र अधिकारसमेत परिभाषित गरिएको छ ।रासस
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७, ०४:०१:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • दुई महिनामा तीन पटक बढ्यो इन्धनको मूल्य
  • विप्लव समूहसँगको वार्ताको मिति छिट्टै तय हुने :सञ्चारमन्त्री गुरुङ
  • चीनले नेपाललाई ८ लाख डोज खोप उपलब्ध गराउने
  • पतन नभएसम्म ओलीको षड्यन्त्र चलिरहन्छः प्रचण्ड
  • सुरक्षा घेराकावीच कहाँबाट आयो प्रधानमन्त्रीलाई ज्यानको खतरा?
  • दाहाल-नेपाल समूहले तत्काल प्रधानमन्त्रीविरुद्धकाे अविश्वास प्रस्ताव अघि नबढाउने
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
विप्लव समूहसँगको वार्ताको मिति छिट्टै तय हुने :सञ्चारमन्त्री गुरुङ
विप्लव समूहसँगको वार्ताको मिति छिट्टै तय हुने :सञ्चारमन्त्री गुरुङ
पतन नभएसम्म ओलीको षड्यन्त्र चलिरहन्छः प्रचण्ड
पतन नभएसम्म ओलीको षड्यन्त्र चलिरहन्छः प्रचण्ड
सुरक्षा घेराकावीच कहाँबाट आयो प्रधानमन्त्रीलाई ज्यानको खतरा?
सुरक्षा घेराकावीच कहाँबाट आयो प्रधानमन्त्रीलाई ज्यानको खतरा?
दाहाल-नेपाल समूहले तत्काल प्रधानमन्त्रीविरुद्धकाे अविश्वास प्रस्ताव अघि नबढाउने
दाहाल-नेपाल समूहले तत्काल प्रधानमन्त्रीविरुद्धकाे अविश्वास प्रस्ताव अघि नबढाउने
भट्टराईकाे न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टि
भट्टराईकाे न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टि
राष्ट्रपतिद्वारा फागुन २३ गते ४ बजेका लागि संसद् अधिवेशन आह्‍वान
राष्ट्रपतिद्वारा फागुन २३ गते ४ बजेका लागि संसद् अधिवेशन आह्‍वान
  • ताजा समाचार
  • ट्रेण्डिङ
दुई महिनामा तीन पटक बढ्यो इन्धनको मूल्य
दुई महिनामा तीन पटक बढ्यो इन्धनको मूल्य
विप्लव समूहसँगको वार्ताको मिति छिट्टै तय हुने :सञ्चारमन्त्री गुरुङ
विप्लव समूहसँगको वार्ताको मिति छिट्टै तय हुने :सञ्चारमन्त्री गुरुङ
चीनले नेपाललाई ८ लाख डोज खोप उपलब्ध गराउने
चीनले नेपाललाई ८ लाख डोज खोप उपलब्ध गराउने
पतन नभएसम्म ओलीको षड्यन्त्र चलिरहन्छः प्रचण्ड
पतन नभएसम्म ओलीको षड्यन्त्र चलिरहन्छः प्रचण्ड
सुरक्षा घेराकावीच कहाँबाट आयो प्रधानमन्त्रीलाई ज्यानको खतरा?
सुरक्षा घेराकावीच कहाँबाट आयो प्रधानमन्त्रीलाई ज्यानको खतरा?
दाहाल-नेपाल समूहले तत्काल प्रधानमन्त्रीविरुद्धकाे अविश्वास प्रस्ताव अघि नबढाउने
दाहाल-नेपाल समूहले तत्काल प्रधानमन्त्रीविरुद्धकाे अविश्वास प्रस्ताव अघि नबढाउने
प्रधानसेनापति थापाले लगाए कोरोना विरुद्धको खोप
प्रधानसेनापति थापाले लगाए कोरोना विरुद्धको खोप
आरसिटीद्वारा टुसाल युथ क्लब १–० ले पराजित
आरसिटीद्वारा टुसाल युथ क्लब १–० ले पराजित
महेन्द्र नारायण निधि मेमोरियल अस्पतालको आफ्नै भवनबाट सेवा आरम्भ, सातवटै प्रदेशमा स्याटेलाईट अस्पताल बनाइने 1
महेन्द्र नारायण निधि मेमोरियल अस्पतालको आफ्नै भवनबाट सेवा आरम्भ, सातवटै प्रदेशमा स्याटेलाईट अस्पताल बनाइने
नेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि 2
नेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि
उपसभापति निधि भन्छन् -अलिकति पनि नैतिकता छ भने प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ 3
उपसभापति निधि भन्छन् -अलिकति पनि नैतिकता छ भने प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ
दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित 4
दाहाल र रामदयाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित
नेकपाकाे विवाद टुंगाे नलागेसम्म कांग्रेसले कसैसँग सहकार्य नगर्ने 5
नेकपाकाे विवाद टुंगाे नलागेसम्म कांग्रेसले कसैसँग सहकार्य नगर्ने
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP