पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको आज दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना गरिएको छ । विहान ९ बजेदेखि उनलाई भर्ना गरिएकाे हाे ।
आज दिनभर भट्टराईलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिने उनका प्रेस सल्लाहकार विश्वदिप पाण्डेले जानकारी दिए ।नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा हिजाे (साेमबार) डा. भट्टराईकाे स्वास्थ्य परीक्षण गरिएकाे थियाे ।
न्यूरो इन्डोक्राइनमा टियुमर पलाएको आशंका गरिए पछि भट्टराई आइतबार श्रीमती हिसिला यमी र प्रेस सल्लाहाकार पाण्डेका साथ दिल्ली गएका हुन् ।