नेपाली कांग्रेस खेलकुद बिभागका प्रमुख मोहन बहादुर बस्नेतले युवाहरु नेतृत्व तहसम्म नआएसम्म मुलुकको बिकास हुन नसक्ने बताएका छन्।
नेपाल लोकतान्त्रिक खेलकुद संघद्वारा अयाोजित बृहत रक्तदान तथा सम्मान कार्यक्रममा बस्नेतले युवाहरु नै मुलुकको परिवर्तनको आधार भएको भन्दै उनीहरुलाई राज्यको नेतृत्व तहमा पुराउनुपर्ने धारणा राखे ।
राज्य र दलहरुले युवाहरुलाई अवसर नदिदा लाखौं युवाहरु विदेशीन बाध्य भएको उनको भनाइ छ । बस्नेतले दलहरुले पनि आफ्नो बिधी बिधानमा युवाहरुलाई प्राथमिकतामा राख्नुपर्ने जिकिर गरे । उनले कुनै पनि पार्टीले युवाहरुलाई सम्मान गर्न नजानेको बताए ।
संविधान बनाउनदेखि कार्यान्वयन गर्ने अवस्था सम्म युवाहरुको भूमिकालाई नजरअन्दाज गर्न नमिल्ने उनले बताए ।कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।