नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओखलढुंगा कांग्रेसका पूर्व सचिवसमेत रहेका महासमिति सदस्य मित्रसेन दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन्।
दाहालको शुक्रबार बिहान उपचारका क्रममा ह्रदयबातबाट निधन भएको हो।
सभापति देउवाले दाहालले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै आत्माको चिर शान्तिको कामना गरेका छन्।
वि.सं. २०१९ मंसिर ४ गते ओखलढुंगाको वरुणेश्वर—४ मा जन्मिएका दाहाल २०७४ सालमा सम्पन्न प्रदेश सभा निर्वाचनमा ओखलढुंगा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा कांग्रेसको तर्फबाट उम्मेदवार भएका थिए।
दाहालले कांग्रेसद्वारा संचालित २०४२ सालको सत्याग्रह र लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी डेढ वर्ष जेल जीवन समेत व्यतित गरेका थिए। दाहाल राजनीतिक क्षेत्रको साथै लामो समयदेखि दर्जनौं सरकारी तथा गैरसरकारी, व्यावसायिक, सामाजिक, शैक्षिक र विविध संघसंस्थाहरुमा संलग्न रहँदै आएका थिए।
दाहालले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए। दाहालका श्रीमती, दुई छोरा र एक छोरी छन्।दाहालको शुक्रबार साँभ्m पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।