प्रदेश २ का प्रमुख तिलक परियारलाई पदमुक्त गरेर राजेश झालाई नियुक्त गरिएकाे छ । नव नियुक्त झालाई राष्ट्रपति विद्या भण्डारीले शुक्रबारै पद तथा गाेपनियताकाे शपथ गराएकी छन्।शपथ ग्रहण समाराेहमा उपराष्ट्रपति र सभामुख भने उपस्थित भएनन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट झालाई शुक्रबार प्रदेश प्रमुख नियुक्त गरिएको थियाे ।राष्ट्रपति कार्यालयकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी ज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री राजेश झा, रौतहटलाई प्रदेश नं २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।'