नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली दलाल र उनको पछि लाग्ने लेखराज भट्ट दलालको पनि दलाल भएको आरोप लगाएका छन्।
शनिबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भट्टलाई आफूले हुर्काएको र नेता बनाएको दावी गर्दै दलालको संज्ञा दिएका हुन्। केपी ओली दलाल हुन्, लेखराज त दलालको पनि दलाल भए, उनले भने।
आफ्ना कुनै साथी ती दलालको पछि नलागेको भन्दै उनले ती दलालको भण्डाफोर गरिरहेको उल्लेख गरे।