नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिका पूर्व उपसभापति दयानन्द वैद्यको निधनप्रति दुःख व्यक्त गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले वैद्यको निधानबाट पार्टीलाई अपूरणीय क्षति भएको बताएका छन्।
आइतबार शोक वक्तव्य जारी गर्दै सभापति देउवाले पार्टीमा वैद्यको योगदानको स्मरण गरेका हुन्। वैद्यले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नु गरेका थिए।
वैद्यको यहि माघ ८ गते त्रिपुरेश्वरस्थित आफ्नै निवासमा निधन भएको थियो। २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको घाँटी निमोठेपछि त्यसको बिरोधमा उत्रदा तत्कालीन सरकारले उनलाई ५ वर्ष १ महिना जेलमा राखेको थियो।