प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्चकाे संवैधानिक इजलासमा निवेदन दिइएकाे छ ।
यसरी संवैधानिक इजलासमा निवेदन दिनेहरूमा नेकपा दाहाल–नेपाल समूहका नेताहरु देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री रहेका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गर्दा त्यसको सूचना राजपत्रमा प्रकाशित नभएकाे तर, संवैधानिक इजलासमा कुरा उठेरपछि रातारात प्रकाशित गरिएकाे भन्दै उनीहरूले त्यसकाे आधिकारिकता जाँच गर्न माग गरेका हुन् ।
बहसका क्रममा वकिलहरुले प्रश्न उठाएपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर गत शुक्रबारको इजलासमा पेश गरिएकाे थियाे ।