नेकपाकाे दाहाल-नेपाल समूहले आज राजधानीमा विराेध सभा गरेकाे छ । सभालाई सम्बाेधन गर्दै नेता घनश्याम भुसालले अब नेकपालाई नयाँ ढंगले अगाडि बढाउने भन्दै ओली प्रवृतिकाे अन्त्य हुने बताए ।
भएकाे संसदलाई भंग गरेर ओलीले ताजा जनादेशका लागि निर्वाचनकाे कुरा गरिरहेका छन् याे उनकाे षडयन्त्र मात्र भएकाे दावी गरे । प्रधानमन्त्री ओलीले आफ्नाे पक्षमा दुईतिहाइ आउने अवस्था नभएसम्म चुनाव नगर्ने भुसालकाे दावी थियाे।
काम नगरिकन खान पाइन्छ भन्ने आश्वासनकाे पछि लाग्न नहुने भन्दै छलछाम र लुटतन्त्रकाे भन्डाफाेर गर्ने समेत बताए । सेटिङमा चलिरहेका ओलीले भएको संविधानलाइ पानीमा भिजाएर काम नलाग्ने बनाउन खाेजेकाे टिप्पणी गरे ।