सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनको सूचना पेश भएको छ। शुक्रबार बसेको इजलासमा महान्यायाधीवक्ता अग्नि खरेलले सूचना पेश गरेका हुन्।
संसद विघटनको मुद्दामाथि बिहीबार बहसका क्रममा रिट निवेदकका वकिलले संसद विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि इजलासले राजपत्रमा प्रकाशित सूचना आज पेश गर्नू भनेको थियो।
अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले बिहीबारको सुनुवाइका क्रममा विघटनको सदर गरेपछि राजपत्रमा प्रकाशित समेत नगरेको भन्दै बहस गरेका थिए।