जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा पुनःस्थापनाका लागि संयुक्त रूपमा दलहरू आन्दोलनमा जानुपर्ने बताएका छन् ।
गणेशमान सिंह तथा शहीद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौं आयोजना गरेको कार्यक्रममा उनले शक्ति प्रदर्शनले बाह्य चलखेल रोकिने र अदालतले पनि सही निर्णय गर्ने विश्वास व्यक्त गरे ।
अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना नहुने अवस्था र बाहिरी हस्तक्षेप बढ्दै जाने हो भने हातमा दही जमाएर नबस्ने पनि भट्टराईले चेतावनी दिए।
उनले संविधानसभा अगाडि १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका पक्षधर कमजोर हुँदा अहिलेको अवस्था आएको दाबी गरे । अहिलेको घटनालाई सैवैधानिक हिसाब र राजनीतिक हिसाबले हेर्नुपर्ने उनको भनाई छ ।