प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभरका ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ।
पूर्व घोषित कार्यक्रम अन्तर्गत प्रदेश २ को १ सय ३६ वटा स्थानीय तहमा समेत नेपाली कांग्रेसले आज मोटरसाइकल र्याली निकालेको हो। जनकपुरधाम उपमहानगरपालिकामा पनि हजारौँको संख्यामा मोटरसाइकल र्याली निकालिएको छ।
गोपाल धर्मशालाबाट निस्केको मोटरसाइकल र्याली रामचोक, सोनारपट्टी, कपिलेश्वर, महुवा, कनकपट्टी, तेतरिया बजार, पुलचोक, सिताचोक, शुभचोक, धनुषा पथ हुँदै जनकचोकमा पुगी कोणसभामा परिणत भएको थियो।