नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता घनश्याम भुसालले संसद पुनःस्थापना भए पार्टी एकता जोगिन सक्ने बताएका छन्।
नेकपा तिलोत्तमा नगर कमिटीले शनिवार बुटवलको मणिग्राममा आयोजना गरेको भेलामा भुसालले संसद विघटनपछि नेकपा २ भागमा बाँडिएकोमा संसद पुनःस्थापना हुँदा पार्टी एकीकृत हुनसक्ने र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको गम्भीर समीक्षा गर्न सकिने उल्लेख गरे।
उनले सेटिङबाहेक अर्को कुनै तरिकाले संसद पुनःस्थापनालाई रोक्न नसक्ने दाबी गरे। न्यायालयलाई प्रभावित पार्न नदिनका लागि दबाब दिनुपरेकाले सडक आन्दोलन गर्नुपरेको बताउँदै नेता भुसालले ३ महिनाभित्र संसद पुनःस्थापना हुने विश्वास व्यक्त गरे।
उनले देशका बुद्धिजीवी, संविधानविद्, कानूनविद् सबै संसद विघटनको विपक्षमा रहेकाले पनि प्रधानमन्त्रीको असंवैधानिक कदम सच्चिने बताए।