प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्ने साइत बल्ल जुरेकाे छ। ५० वर्षीय मुख्यमन्त्री राईको विवाह ११ माघमा काठमाडौँमा हुनेछ। विवाहको मिति तय भएपनि युवतीको नाम भने खुलाइएको छैन।
काठमाडौंमा विवाहपछि विराटनगरमा प्रति भोज आयोजना गर्ने उनले बताए। पारिवारिक स्रोतका अनुसार उनको विवाह अन्तरजातीय हुनेछ। तर मुख्यमन्त्री राईले भने यो विषयमा थप खुलाएका छैनन्।
मुख्यमन्त्री राईले फागुन ११ गते जन्मदिन मनाउदैछन्। २०७५ चैत २५ गते मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाएर मात्रै बिहे गर्ने बताएका थिए।
उनले प्रदेश राजधानीको टुङगो लगाएका छन्। तर नाम तोक्न ढिलो भएपछि मुख्यमन्त्री राईले केही दिन अघि विवाहपछि मात्रै नाम तोकिने बताएका थिए।