जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अब प्रधानमन्त्री हुने दाबी गरेका छन्।
गृहजिल्ला गोरखा पुगेका भट्टराईले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै कांग्रेसको हातमा सत्ता जाने दाबी गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधवकुमार नेपालसमेत रिङआउट भइसकेकोले देउवा प्रधानमन्त्री बन्ने बताएका हुन्।
प्रतिनिधि सभा विघटन गरेर ओलीले अपराध गरेको भन्दै उनले ओली जस्तो भष्मासुरलाई हुर्काउने प्रचण्ड नेपालसमेत प्रधानमन्त्रीका लागि लायक नभएको उल्लेख गरे।
नेकपा फुटेपछि जसपाको हैसियत चौथो दलमा पुग्ने भन्दै भट्टराईले चौथो दलले प्रधानमन्त्री दाबी गर्न नमिल्ने प्रष्ट पारे।