कांग्रेस सभापति शेरबहादुर देउवा चढेकाे कैलाश एअरको हेलिकप्टर गोरखाको आकस्मिक अवतरण गरिएकाे छ ।
मौसम खराबीका कारण पालुङटार नगरपालिका–२ आँपपिपलस्थित रिपमा १२ः४५ बजे हेलिकप्टर फोर्स ल्याण्ड गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।
मौसम खराबीका कारण अवतरण भएको हेलिकप्टर करिब ३५ मिनेट आँपपीपलमै रोकिएको प्रहरी उपरीक्षक गुरुङले बताए । सभापति देउवा पार्टीको कार्यक्रमको सिलसिलमा पर्वत जाँदै थिए ।
बाक्लो कुहिरो लागेका कारण रिपगाउँको कोदोबारीमा हेलिकप्टर अवतरण गरिएको थियो । देउवा लगायतका नेताहरू चढेकाे हेलिकप्टर अवतरण भएकाे थाहा पाएपछि स्थानीय कार्यकर्ता तथा स्थानीयवासीहरू त्यहाँ पुगेका थिए ।