प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीको हालै भारतीय च्यानल द जी न्यूजमा प्रशारित अन्तर्वार्ता नाटक भएको बताएका छन्।
बुधबार नेकपा काठमाडौँले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको अन्तर्बार्ता नाटक भएको आज पटाक्षेप भइसकेको बताए। दाहालले भने, ‘त्यो नाटक हो भन्ने पटाक्षेप आज भइसक्यो । सगरमाथाको नाम फेर्ने र त्यही जीन्यूजले।’
भेलालाई सम्बोधन गर्ने क्रममा उनले नेकपा नाम र सूर्य चुनाव चिन्ह आफूहरुकै हुने दाबी गरे। आधिकारी नेकपा आफूहरु भएको बताउँदै सूर्य चिन्ह आफुहरुले नपाए आँधीबेहरी आउने चेतावनी दिए।
निर्वाचन आयोगले विधिसम्मत् हुन्छ, ढुक्क हुनुहोस् भनेर बिश्वास दिलाएको उनले उल्लेख गरे। ओलीले संविधाान मिचेर छुरा धसेजस्तै अरु संवैधानिक निकायले पनि त्यसै गरे भने जनता हेरेर नबस्ने दाहालले चेतावनी दिए।