नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संसद पुनःस्थापना बिना चुनाव भएमा रक्तपात हुने बताएकी छन् ।
रिपोर्टर्स क्लब नेपालमा बोल्दै नेतृ कोइरालाले देशमा रक्तपात हुनबाट जोगाउन संसद पुनःस्थापनाको विकल्प नभएको बताइन् ।
असंवैधानिक तरिकाले संसद बिघटन गरिएको अवस्थामा आफ्नै पार्टीका सभापति देउवाले रक्तपात हुनसक्ने चुनावको कुरा गर्नुले आशंका उत्पन्न भएको उनको भनाई थियो ।
संसद विना देश अगाडि बढ्न खोजे अर्को दुर्घटना हुन भन्दै उनले संविधानलाई ट्रयाकमा ल्याउन जरुरी रहेको धारणा व्यक्त गरिन् । संसदको बिघटन राजनीतिक निर्णय भएकाले सडक आन्दोलनबाट भएपनि पुनःस्थापना गर्ने उनको भनाई छ ।
ओली सरकार कामचलाऊ भएकाले गम्भीर र संवेदनशील विषयमा कुनैपनि सम्झौता गर्न सरकारलाई चेतावनी दिइन् ।