Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Tuesday, January 19, 2021 | मंगलबार, माघ ६, २०७७
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
संसद् विघटन मुद्दामा आज पनि सुनुवाइ,न्यायाधीश कार्कीकाे स्थानमा सपना मल्ल
स्पेसखबर
स्पेसखबर काठमाडौं, २९ पुस
संसद् विघटन मुद्दामा आज पनि सुनुवाइ,न्यायाधीश कार्कीकाे स्थानमा सपना मल्ल
null

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज पुनः सुनुवाइ शुरु भएको छ । सो विवाद बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने माग गर्दै रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले आज बिहान बहस शुरु गरेका हुन् ।

प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका हुन्  । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा गत बुधबार सुनुवाइ शुरु भएकामा न्यायाधीश कार्कीबारे प्रश्न उठेपछि आज उनका स्थानमा न्यायाधीश सपना मल्ल तोकिएकी छिन् ।

न्यायाधीश कार्की अघिल्लो केपी शर्मा ओलीका सरकारमा महान्यायाधिवक्ता रहेकाले निष्पक्षतामा प्रश्न उठेपछि इजलासमा उनका स्थानमा आज मल्ल तोकिएकी हुन्। संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित प्रधानन्यायाधीशले तोकेको अन्य पाँच न्यायाधीश रहने व्यवस्था छ । यही पुस १० गते संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो ।

राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखले पुस १९ गते महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गरिसकेका छन् । अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सिफारिश र निर्णयको सक्कल प्रति राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउने र प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्ने गरी सक्कल रजिष्ट्रारसमेतका कागजात सङ्घीय सचिवालयबाट झिकाउने आदेश जारी गरेको थियो ।

त्यस्तै अदालतले माग गरेको अदालतको सहयोगी (एमिकस क्युरी) मा नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली तथा सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ताद्वय पूर्णमान शाक्य र गीता पाठकको नाम सिफारिश गरेका छन् । प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध १४ रिट निवेदन दर्ता भएको थियो ।

राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले निवेदन दायर गरेका थिए । रिट निवेदनमा निवर्तमान सांसदले प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने गरी गरेको निर्णयबाट प्रतिनिधिसभाको पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको जनाउँदै सो निर्णय बदर गर्न माग गरिएको छ ।

त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता शालिकराम सापकोटा, ज्ञानेन्द्रराज आरण, समृत खरेल, कञ्चनकृष्ण न्यौपाने, सन्तोष भण्डारी, दीपक राई, अमिता गौतम, लोकेन्द्रबहादुर केसी, कमलबहादुर खत्री, मनिराम उपाध्याय, तुलसी सिंखडा र अच्युतप्रसाद खरेलले रिट निवेदन दायर गरेका थिए । कानून व्यवसायीले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्रीले गरेको सिफारिश र सो सिफारिशका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारवाही र सो सिफारिशका आधारमा भए गरेका सम्पूर्ण कार्य नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणका आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने काम सम्पन्न गर्न उपयुक्त आदेश गर्न माग गरिएको छ । 

प्रकाशित मिति: बुधबार, पुस २९, २०७७, ०१:१३:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • प्रतिनिधिसभा विघटनविरूद्धकाे मुद्दामा आज पनि बहस हुँदै
  • तोकिएको मितिमा नै निर्वाचन गराउन जरुरी : राष्ट्रपति भण्डारी
  • उखु किसानले सबै रकम भुक्तानी पाएनन्ः भुक्तानी नभएपछि आन्दोलनकाे तयारी
  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते
  • कोमामा रहेको संविधानलाई आन्दोलनको बलमा बचाउनुपर्छ : प्रचण्ड
  • थप ३२२ जनामा कोरोना पुष्टि
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
प्रतिनिधिसभा विघटनविरूद्धकाे मुद्दामा आज पनि बहस हुँदै
प्रतिनिधिसभा विघटनविरूद्धकाे मुद्दामा आज पनि बहस हुँदै
तोकिएको मितिमा नै निर्वाचन गराउन जरुरी : राष्ट्रपति भण्डारी
तोकिएको मितिमा नै निर्वाचन गराउन जरुरी : राष्ट्रपति भण्डारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते
कोमामा रहेको संविधानलाई आन्दोलनको बलमा बचाउनुपर्छ : प्रचण्ड
कोमामा रहेको संविधानलाई आन्दोलनको बलमा बचाउनुपर्छ : प्रचण्ड
अदालतले संविधान अनुसार फैसला नगरे नागरिकको भरोषा टुट्छ  : सिटाैला
अदालतले संविधान अनुसार फैसला नगरे नागरिकको भरोषा टुट्छ : सिटाैला
प्रतिनिधिसभा पुनःस्थापनाका लागि सबै मिलेर आन्दोलनमा जानुपर्छ: अध्यक्ष भट्टराई
प्रतिनिधिसभा पुनःस्थापनाका लागि सबै मिलेर आन्दोलनमा जानुपर्छ: अध्यक्ष भट्टराई
  • ताजा समाचार
  • ट्रेण्डिङ
प्रतिनिधिसभा विघटनविरूद्धकाे मुद्दामा आज पनि बहस हुँदै
प्रतिनिधिसभा विघटनविरूद्धकाे मुद्दामा आज पनि बहस हुँदै
तोकिएको मितिमा नै निर्वाचन गराउन जरुरी : राष्ट्रपति भण्डारी
तोकिएको मितिमा नै निर्वाचन गराउन जरुरी : राष्ट्रपति भण्डारी
उखु किसानले सबै रकम भुक्तानी पाएनन्ः भुक्तानी नभएपछि आन्दोलनकाे तयारी
उखु किसानले सबै रकम भुक्तानी पाएनन्ः भुक्तानी नभएपछि आन्दोलनकाे तयारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते
कोमामा रहेको संविधानलाई आन्दोलनको बलमा बचाउनुपर्छ : प्रचण्ड
कोमामा रहेको संविधानलाई आन्दोलनको बलमा बचाउनुपर्छ : प्रचण्ड
थप ३२२ जनामा कोरोना पुष्टि
थप ३२२ जनामा कोरोना पुष्टि
अदालतले संविधान अनुसार फैसला नगरे नागरिकको भरोषा टुट्छ  : सिटाैला
अदालतले संविधान अनुसार फैसला नगरे नागरिकको भरोषा टुट्छ : सिटाैला
प्रतिनिधिसभा पुनःस्थापनाका लागि सबै मिलेर आन्दोलनमा जानुपर्छ: अध्यक्ष भट्टराई
प्रतिनिधिसभा पुनःस्थापनाका लागि सबै मिलेर आन्दोलनमा जानुपर्छ: अध्यक्ष भट्टराई
ओली र पाैडेललाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने 1
ओली र पाैडेललाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने
बल्ल जुर्याे मुख्यमन्त्री राईकाे विवाहकाे साइत 2
बल्ल जुर्याे मुख्यमन्त्री राईकाे विवाहकाे साइत
देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण 3
देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण
नेपालमा ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोगकाे अनुमति 4
नेपालमा ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोगकाे अनुमति
प्रतिनिधिसभा विघटनविरुद्ध देशभरका स्थानीय तहमा कांग्रेसको प्रदर्शन 5
प्रतिनिधिसभा विघटनविरुद्ध देशभरका स्थानीय तहमा कांग्रेसको प्रदर्शन
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP