राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा लुटतन्त्र, कुशासन र सर्वसत्तावाद कायम भएको बताएका छन्।
१४ बर्ष अघि नयाँ नेपाल निर्माणको नाममा राजसंस्था र हिन्दुराष्ट्र समाप्त गरियो र देशले धान्न नसक्ने संरचना कायम गरेका कारण यस्तो भएको थापाको भनाई थियो।
चुनाब चिन्ह र झण्डा अनावरण कार्यक्रमलाई शुक्रबार दमौलिमा सम्बोधन गर्दै थापाले धर्मनिरपेक्षताको आडमा सनातन धर्म संस्कृति माथि आक्रमण भैरहेको भन्दै आपत्ती प्रकट गरे।
थापाले देश अभिभावक विहिन भएको, बिदेशीको चलखेल बढेको, भ्रष्टाचार र कुशासन हावी भएको भन्दै यो संकटबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उपयुक्त हुने बिचार ब्यक्त गरे। वाईडबढी,तेत्तीस क्विन्टल सुन, एनसेल कर,ब ालुवाटार जग्गा प्रकरण जस्ता ब्रम्हलुटको ज्वलन्त नमुना भएको भन्दै थापाले संसद विघटनको घटनाबाट संविधान र संबैधानिक ब्यबस्थामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको बताए।
कार्यक्रममा राप्रपा नेतृ दुर्गा श्रेष्ठ, हेमजङ गुरुङ, राजेन्द्र अधिकारी, गौमाया श्रेष्ठ, बिनोद घर्ती लगायतले पार्टी र संगठनलाई मजबुत गराउन सकृय हुनुपर्ने आबश्यकता औल्याए।