प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलाशमा आजदेखि शुरु भएकाे छ ।
सर्वोच्च अदालतको गत पुस १० गतेको आदेशानुसार आदेशअनुसार विवादित सो मुद्दाको सुनुवाई संवैधानिक इजलाशमा शुरू भएको हो । सर्वोच्चको आदेश बमोजिम राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सभामुखको कार्यालयबाट लिखित जवाफ गत १९ गते नै पेश भइसकेको छ ।
हरेक बुधबार र शुक्रबार मात्रै संवैधानिक इजलास बस्ने गरेकाले यसको आदेश आउन करिब एक महिना लाग्न सक्ने अनुमान गरिएकाे छ।
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा १४ वटा रिट विचाराधीन छन् । विघटनविरूद्ध सर्वाेच्चमा निवेदन दिएका कानुन व्यवयासी एवं सराेकारवालाहरूले संवैधानिक इजलासकाे सट्टा बृहत् पूर्ण इजलासमा सबै मुद्दाकाे सुनुवाइ गनर् माग गर्दै अाएका छन् ।
यसैबीच इजलाश अन्तरगत एमिकस क्युरीमा सहभागी हुन पहिलोपटक महिला वरिष्ठ अधिवक्ता गीता पाठक र अर्का कानूनवेत्तामा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलाई सर्वोच्च अदालत बारको समितिले सिफारिश गरेको छ ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद विघटन गरी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन घोषणा गरिएकाे अवस्था छ ।