नेकपा दुई समूहमा विभाजित भएपछि त्यसको असर प्रदेश सरकारमा पर्न थालेको छ ।प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् ।
नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम मुख्यमन्त्री राईले बर्खास्त गरेकाे उनका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । आङ्बोले २ वर्ष १० महिना काम गर्न दिएकोमा मुख्यमन्त्री राईलाई धन्यवाद दिए । मुख्यमन्त्री राई नेकपा ओली समूहका हुन् भने आङ्बो प्रचण्ड-नेपाल समूह समूहमा लागेका छन् ।