वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध सत्तारूढ नेकपाकै सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । सत्तारूढ नेकपाकै दाहाल–नेपाल समूहका ४५ सदस्यले शुक्रबार बिहान अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
प्रस्तावकमा शालिकराम जमकट्टेल छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका उनी पदबाट राजीनामा दिएर अविश्वास प्रस्ताव दर्ता गराउन गएका हुन् ।वाग्मती प्रदेशसभामा १ सय १० जना सदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ । सरकार गठन भएदेखि नै मुख्यमन्त्री पौडेल अल्पमतमा छन् ।