नेपाली कांग्रेसका युवानेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार इतिहासकै भ्रष्ट सरकार भएकोे आरोप लगाएका छन्।
नेपाली कांग्रेसद्धारा सोमबार आयोजित देशव्यापी बिरोध प्रदर्शन अन्तर्गत कैलालीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता थापाले ओलीले नै भ्रष्टाचारमा संलग्नहरुलाई संरक्षण गरेका बताए।
‘बालुवाटारको चार आना जग्गा अर्थमन्त्री बिष्णु पौडेलको छोराको नाममा सिफारिस गर्ने मान्छे जेल जाने तर उनै अर्थमन्त्री भने कुर्सीमा बिराजमान हुनुहुन्छ। ’ उनले भने।
‘निर्मला पन्तदेखि निर्जला चौधरीको बलात्कार र हत्यामा संरक्षण गर्ने गृहमन्त्री, बालुवाटारको जग्गा अडप्ने अर्थमन्त्री अनि स्वास्थ्य सामग्री खरिदमा कमिसन खाने प्रधानमन्त्रीको सबैभन्दा विषेश मन्त्री भएको सरकार छ,’ थापाले प्रश्न गरे, ‘ अनि ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको हो कि होइन त ?’ कांग्रेस नेता थापाले भने, भ्रष्टाचारी खोज्न कहीँ जानु पर्दैन। बालुवाटार गए पुग्छ, सिंहदरबार गए पुग्छ।’