सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको बिबाद छताछुल्ल भइरहेका बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
नराष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीले बिहिबार बिहान तथा अर्का अध्यक्ष दाहालले साँझ भेटबार्ता गरेका हुन्। नेकपाभित्र बिबाद बढ्दै जान थालेपछि राष्ट्रपति भण्डारीको सक्रियता बढेको हो।
मन्त्रिपरिषद् बैठक अगाडि बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले शितलनिवास पुगेर राष्ट्रिपति भण्डारीसँग झन्डै दुई घण्टा लामो छलफल गरेका थिए। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालसँगको भेटमा भएका कुराकानीबारे शितल निवास र बालुवाटारले औपचारिक जानकारी गराएका छैनन्।
नेकपा बिभाजनको दिशातिर अघि बढेका बेला गत साउनमा पनि राष्ट्रपति भण्डारीले नेताहरुलाई शितल निवास बोलाएर पार्टी बिभाजन हुन नदिनका लागि संयोजनकारीको भूमिका निर्बाह गरेकी थिइन्।
नेकपा विवादमा राष्ट्रपति भण्डारीको सक्रियतालाई लिएर चौतर्फी आलोचना आलोचना हुँदै आएको छ।