नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेलसहित तनहुँका दर्जनौं कांग्रेस नेताहरुलाई लछारपछार गरी गिरफ्तार गरेको घटनाप्रति भर्त्सना गरेका छन्।
गृहजिल्लामा रहेका नेता पौडेललाई निषेधाज्ञा तोडेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार नियन्त्रणमा लिएको छ। उपसभापति निधिले बुधबार ट््वीट गर्दै सो घटनाको भर्त्सना गरेका हुन्।
निधिले ट्वीटमा लेखेका छन्, नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलसहित तनहुँका दर्जनौं कांग्रेस नेताहरुलाई लछारपछार गरी गिरफ्तार गरेकोमा सरकारको घोर भत्र्सना गर्दछु। स्थानीय तहले निर्माण गरेको र स्थानीय तहले नै निर्णय एवं आयोजना गरेको पुल उद्घाटनलाई रोक्नु र थुन्नु संघीयता विरोधी र तानाशाही काम हो।
पौडेलले तनहुँ व्यासस्थित बुल्दी पुल उद्घाटन गर्ने कार्यक्रम थियो। कांग्रेस नेता पौडेलले पुल उद्घाटन गर्न नहुने भन्दै युवा संघले बुधबार बिहान ११ बजेदेखि करिब आधा घण्टा मोटरसाइकल ¥यालीसहित प्रदर्शन र कोणसभा गरेको थियो।