पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा आइतबार घर फर्किएका छन्।
कोरोनाबाट सिकिस्त भएका विश्वकर्मा ३६ दिन उपचार गराएर आइतबार ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएका हुन्। अस्पतालका अनुसार सांसद समेत रहेका नेता विश्वकर्मा पूर्ण रुपमा स्वस्थ्य भएका छन्।
उनको गत कात्तिक १२ गतेदेखि ग्राण्डीमा उपचार भइरहको थियो। विश्वकर्मालाई २१ दिन आइसियु र ७ दिन भेन्टिलेटरमा राखिएको थियो। त्यसअघि तीन दिन उनको वीर अस्पतालमा उपचार गरिएको थियाे।
निमोनियासँगै कोरोना संक्रमित भएपछि उनको स्वास्थ्य अवस्था निक्कै जटिल बनेको थियो। भेन्टिलेटरमा राखिएको ६ दिनपछि गत कात्तिक १८ गते विश्वकर्माको होस खुलेको थियो भने कोरोना रिपोर्ट नेगेटिभ आएको थियो।
कात्तिक १ गते कोरोना संक्रमण भएका सांसद, पूर्वमन्त्री तथा कांग्रेस निकट दलित संघका अध्यक्ष विश्वकर्मा कात्तिक ८ गते श्वासप्रश्वासमा असहजता भई उपचारका लागि वीर अस्पताल भर्ना भएका थिए।