नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले प्रधानमन्त्री के पि शर्मा ओली सत्ता टिकाउने अभियानमा लागेको आरोप लगाएका छन्।
नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले तौलिहवामा गरेको पत्रकार भेटघाट कार्यक्रममा महतले बर्तमान सरकारले जनताको आवश्यकता, पिरमर्का प्रति कुनै चासो नदिएको बताए। देशमा यत्रो ठुलो भ्रष्टाचार नेपालको निर्वाचित सरकारको इतिहासमा कहिले नभएको उनले बताए।
कोभिड महामारीमा समेत वर्तमान सरकारले केही गर्न नसकेको उनको भनाई थियो। कोभिड अनुगमन समितिका संयोजक समेत रहेका सहमहामन्त्री महतले ५ महिना बढीको लकडाउनमा समेत जनताले कुनै राहत नपाएको, उपचार समेत राम्रो नभएको, सर्वोच्च अदालतको समेत आदेशको पालना नगरेको बताए।
नेपाल प्रेस युनियनका जिल्ला सभापति गोपाल भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा सांसद अतहर कमाल, आमन्त्रित केन्द्रीय सदस्य राजेश सिंह, नेबि संघका सभापति राजीव ढुंगाना, पार्टी सभापति सुरेन्द्रराज आचार्य, युनियका उपसभापति खगप्रसाद चापागाई लगायतको सहभागिता रहेको थियो।