नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले नेकपाभित्र बिबाद रहेको स्वीकार्दै केन्द्रीय कमिटी बैठकबाट बिबाद हल खोजिने बताएका छन्।
जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ बग्लेकमा आयोजित कार्यकर्ता भेटघाटमा रावलले पार्टीमा पछिल्लो समय आन्तरिक विवाद भए पनि पार्टी नफुट्ने दाबी गरे।
नेता रावलले यही १३ गते बोलाइएको सचिवालय र स्थायी कमिटी बैठकसँगै केन्द्रीय कमिटीको बैठकमा विवाद हुने अवस्था देखिए पनि सबै समस्या तथा मनमुटाव समाधान हुने दाबीसमेत गरे।
नेता रावलले नेकपाका सबै नेता लोकतन्त्रमा विश्वास राख्ने भएका कारण पार्टी कमिटीले गरेको निर्णय दुवै अध्यक्षले अनिर्वाय मान्नुपर्ने तथा मान्दिनँ भन्न कसैलाई छुट नभएको बताए। नेता रावलले नेकपा भ्रष्टाचार विरोधी पार्टी भएकाले पार्टीमा भ्रष्टाचार गर्ने जोकोहीलाई पनि कारवाही हुने बताए।