नेपाली कांग्रेसका नेता गगन थापाले ओलीमाथि प्रचण्डले लगाएको आरोपको कांग्रेसले संसद र सडकबाट जवाफ माग्ने बताएका छन् ।
ओलीमाथिको आरोप अब नेकपाको आन्तरिक विषयमात्र नरहेको भन्दै थापाले प्रधानमन्त्रीको सन्दर्भमा उठाएका एकएक प्रकरणको हिसाबकिताब संसद् र सडकबाट माग्ने बताएका हुन्।
नेकपाले अाेलीकाे विषयमा उठाइएका सार्वजनिक र राष्ट्रिय सरोकारका विषयहरूलाई फगत पार्टीभित्रको आन्तरिक शक्ति सङ्घर्षबीच उठेको मनमुटाबको तितो अभिव्यक्तिका रुपमा लिने भूल प्रतिपक्षले नगर्ने नेता थापाकाे भनाइ थियाे । बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेकपाभित्रको कुरा मिल्दैमा अब सरकारमाथिकाे अाराेप फिर्ता नहुने बताए ।