गत स्थानीय निर्वाचनमा नेकपाले जितेको गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं २ का १५० भन्दा बढी नेकपाका युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। गोरखा क्षेत्र नं २ मा पर्ने सो गाउँपालिका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको निर्वाचन क्षेत्र हो ।
सोही क्षेत्रका प्रदेशसभा सदस्य, कांग्रेसका युवा नेता प्रकाशचन्द्र दवाडीले नवप्रबेशीहरुलाई माला र खादा ओढाएर कांग्रेसको सदस्यता दिएका छन्। दवाडीले नवप्रवेशीलाई विकास निर्माणका कार्यमा सहयोग गर्दै सँगसँगै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे।
नेकपा नेतृत्वको वर्तमान सरकारले जनइच्छा र आकांक्षालाई पूरा गर्न नसकेकाले सरकारप्रति जनतामा निराश छाएपछि कांग्रेसप्रति बिश्वास गरेर प्रबेश गरेको बताए।