नेपाली जनसम्पर्क समिति युरोपको दोस्रो महाधिबेशनको मिति स्थान र आबश्यक संरचना सहित कार्यबिधी र बिभिन्न उपसमिति निर्माण गर्ने गरी मंगलबार भर्चअल बैठक सम्पन्न भएको छ।
बैठकमा संस्थाका सभापति एबं नेपाली काँग्रेस जनसम्पर्क समन्यव बिभागका सदस्य दिलबहादुर गुरुङले दोस्रो अधिबेशन सम्पन्न गरी युबाहरुलाई नेतृत्व हस्तान्तरण गर्न आफू आतुर रहेको भन्दै त्यसका लागि सहयोग गर्न सबैलाई आग्रह गरे।
संस्थाका महामन्त्री गंगाधर गौतमले बैठकमा उपस्थित सबैको सहमतिमा अधिबेशन आयोजनाका लागि ५ समिति निर्माणको प्रस्ताब गर्दै आगामी आइतबार युरोप महादेशका सभापतिहरु र बर्तमान कार्यसमितिको संयुक्त बैठकबाट निर्णय गरेर अगाडि बढ्ने जानकारी गराएका थिए।
जस अनुसार नेपाली जनसम्पर्क समन्वय समिति युरोपको दोस्रो अधिबेशनको मिति, स्थान र समय तय गर्दै ब्यबस्थापन समिति गठन गर्ने, काँग्रेस केन्द्रीय समिति र जनसम्पर्क समन्वय बिभागसंग समन्यवका लागि समन्वय समिति गठन गर्ने, दोस्रो अधिबेशन सम्पन्न गर्नका लागि निर्बाचन समिति गठन गर्ने सहमति भएको छ।
यसैगरी, नेपाली जनसम्पर्क समिति यूरोपले बिधान समितिका संयोजक नारायण प्रसाद आचार्यको संयोजकत्वमा गठित बिधान समितिले तयार पारेको बिधान पास गरी केन्द्रीय कार्यालयमा बुझाइएको सन्दर्भमा पार्टिको पछिल्लो शंसोधित बिधान बमोजिम संसोधन गर्न बिधान समिति गठन गर्ने तथा दोस्रो अधिबेशनको आयोजना,युरोपेली मुलुकका जनसंपर्क समितिहरुको एकरुपता र यूरोप जनसम्पर्क समितिको बैधानिक मान्यताका लागी युरोपेली जनसम्पर्क समितिका सभापतिहरुसंग परामर्स गर्न समन्वय समिती गठन गर्ने पनि सहमति भएको छ।
करिब ६ घन्टा चलेको बैठकमा संस्थाका उपसभापति एवम् नेपाली जनसम्पर्क समिति बेलायतका पूर्ब सभापति बिनोद मोक्तान, नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एबं नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिस्ट, अर्का आमन्त्रित केन्द्रीय सदस्य एबं जनसम्पर्क समिति भारतका सभापति बालकृष्ण पाण्डे, नेपाली जनसम्पर्क समन्वय बिभागका सदस्य एबं आदिबासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष जगत बराम, जनसम्पर्क बिभागका सदस्य एबं जनसम्पर्क समिति कतारका सस्थापक सभापति नरेन्द्र भाट, नेपाली काँग्रेस सुचना तथा संचार बिभागका सदस्य एवं जनसम्पर्क समिति कतारका पुर्ब सभापति बिमल सुबेदी, नेपाली कांग्रेस सुचना तथा संचार बिभाग सदस्य एबं महासमिति सदस्य चिज कुमार तामाङ, कांग्रेस सुचना तथा संचार बिभाग सदस्य एबं जनसंपर्क समिति जापानका पूर्ब सभापति नारायण सुबेदी, नेपाली कांग्रेस तरुण बिभाग सदस्य रामजीबि पन्त, जनसम्पर्क बिभागका सदस्य एबं जनसम्पर्क समिति कोरियाका पूर्ब सभापति गिरिराज कुँवर, जनसम्पर्क बिभागका सदस्य भरत अर्याल अमेरिका, जनसम्पर्क बिभागका सदस्य सुरज नायक लगायतले शुभकामना व्यक्त गरेका थिए।
नेपाली जनसम्पर्क समितिका सभापतिहरुले यूरोप जनसम्पर्क समितिले खेलेको महत्वपुर्ण भूमिकाको प्रसंसा गर्दै आगामी ६ महिनाभित्र युरोप महादेशभित्रका सबै जनसम्पर्क समितिहरुमा कृयाशिल सदस्यता बितरण, अधिबेशन सम्पन्न गर्ने तथा गठन हुन बाँकी देशहरुमा नयाँ समिति गठन गरी संस्थाको दोस्रो अधिबेशन गर्न सुझाब दिएका थिए।
नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युबराज गुरुङ, नेपाली जनसम्पर्क समिति पोर्तुगलका सभापति बिनोद घिमिरे, नेपाली जनसम्पर्क समिति जर्मनीका सभापति शिखर खड्का, नेपाली जनसम्पर्क समिति नेदरल्याण्डका सभापति प्रेमजंग गुरुङ, नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति बिरेन्द्र सिङ कार्की, नेपाली जनसम्पर्क समिति साइप्रसका सभापति सीता अर्याल, नेपाली जनसम्पर्क समिति स्पेनका सभापति इन्द्र शर्मा, नेपाली जनसम्पर्क समिति नर्बेका सभापति जितेन्द्र शाही, नेपाली जनसम्पर्क समिति पोल्याण्डका सभापति एलिनी सुबेदी, नेपाली जनसम्पर्क समिति स्वीडेनका सभापति नबिन थपलिया, नेपाली जनसम्पर्क समिति फ्रान्सका सभापति सुधिर राना, नेपाली जनसम्पर्क समिति आएरल्याण्डका सभापति शुक्रराज न्यौपाने, नेपाली जनसम्पर्क समिति बेल्जियमका सहसंयोजक सुभास गुरुङ, नेपाली जनसम्पर्क समिति इजरायलका बरिष्ठ उपसभापति दिपिका भुसाल, नेपाली जनसम्पर्क समिति इटलीका कार्यबाहक सभापति राजन चापागाई, जनसम्पर्क समिती लक्जम्बर्गका महामन्त्री बालहरि राई सहभागी थिए।
कांग्रेसका नेतृ एबं जनसम्पर्क समिति बेल्जियमका पुर्ब संरक्षक, महाधिबेशन प्रतिनिधि जानकी गुरुङ, एनआरएनए पूर्ब सल्लाहकार, महाधिबेशन प्रतिनीधि एबं जनसम्पर्क समिती नेदरल्याण्डका सल्लाहकार शशी पौडेल, एनआरएनए बेलायतका पुर्ब अध्यक्ष योगेन्द्र क्षेत्री, एनआरएनए केन्द्रीय सल्लाहकार एबं जनसम्पर्क समितिका माल्टाबाट सोम सापकोटाले संस्थाको संस्थागत विकास र आगामी अधिबेशनको बारेमा धारणा राखेका थिए।
नेपाली जनसम्पर्क समिति स्पेनका पुर्व सभापति एकराज गिरी, जनसम्पर्क समिति स्विसका पुर्ब सभापति राम महतो, जनसम्पर्क समिति स्पेनका पुर्ब सभापति सालिकराम डुम्रे, जनसम्पर्क समिति डेनमार्कका संस्थापक सभापति नबिन पौडेल, जनसम्पर्क पोर्तुगलका पुर्ब सभापति लक्ष्मी प्रसाद सापकोटा, जनसम्पर्क समिति जर्मनीका पूर्ब सभापति शरण केसी, जनसम्पर्क समिति नेदरल्याण्डका पुर्ब सभापति पदम क्षेत्री (रामचन्द्र), जनसम्पर्क समिति नर्बेका पूर्ब सभापति प्रबिन शाही (जिबन)लगायतका बक्ताहरुले संस्थाको एकता र अपरिहार्यता माथि प्रकाश पार्दै अनुशासित संगठन निर्माणमा जोड दिएका थिए।
कार्यक्रमा बेल्जियमबाट उल्का घिमिरे, देबेन्द्र शर्मा (देबु), झलक केसी, कमल सिटौला, पदम गुरुङ, बाबुराजा लामा, सुदर्शन सिंखडा, माधब सापकोटा, इजरायलबाट अनु थापा,साइप्रसबाट पुस्प मिश्र, नेदरल्याण्डबाट सालिकराम गौतम, बेदराम कँडेल, फ्रान्सबाट निर्मल अर्याल,कमल बिक्रम केसी, बेलायतबाट सुभासचन्द्र पोखरेल, डेनमार्कबाट शैलेन्द्र अधिकारी, तिलक भट्ट, पोर्तुगलबाट जयराम सापकोटा, स्पेनबाट भोला लमिछाने, बेलायतबाट चिरन शर्मा, आएरल्याण्डबाट सागर लामा, शंकर डाँगी लगायतले धारणा राखेका थिए।
जनसम्पर्क समन्वय समिति युरोपका उपसभापति एबं जनसम्पर्क समिति स्पेनका पुर्ब सभापति पुष्पराज भण्डारी, संस्थाका सहमहामन्त्री एबं नेपाली जनसम्पर्क समिति डेनमार्कका पुर्ब सभापति त्रिलोचन सापकोटाले संयुक्त रुपमा सबैका बिषय बस्तुलाई बुँदागत टिपोट गर्दै आफ्नो धारणा राखेका थिए।
बैठकमा सहभागी सबैलाई धन्यबाद ब्यक्त गर्दै संस्थाका बरिस्ठ उपसभापति एबं जनसम्पर्क समिति पोर्तुगलका संस्थापक सभापति पूर्ण हमालले कांग्रेसको निर्देशन अनुसार दोस्रो अधिबेशन गर्ने बताउँदै युरोपभरका कांग्रेसजनहरुलाई संस्थामा आबद्ध भएर अगाडि बढ्नु अहिलेको प्रमुख आबश्यकता भएको बताए।